NEWS AND UPDATES

Stay updated with important notices, medical events, and health alerts from Lifeline Hospital, Damak.

Featured updates:

बडा दशैं २०८३ को अवसरमा लाईफ लाइन अस्पतालका स्वास्थ्य सेवाहरू उपलब्ध रहने

लाईफ-लाइन अस्पताल प्रा. लि. अन्तर्गत सञ्चालित लाईफ-लाइन कलेज, दमक–६, झापाले BMLT Instructor तथा Practical Lab Assistant पदमा करार सेवाका लागि कर्मचारी माग गरेको छ।

कलेजले BMLT Instructor पदमा २ जना र Practical Lab Assistant पदमा ५ जना कर्मचारी माग गरेको हो।

BMLT Instructor पदका लागि स्नातक तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। त्यसैगरी, Practical Lab Assistant पदका लागि TSLC/Diploma/PCL उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक CV तथा सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्रसहित सूचना प्रकाशित भएको मितिले १० दिनभित्र लाइफ-लाइन कलेजमा आवेदन बुझाउन सक्नेछन्।

📞 सम्पर्क: 023575500, 9801414246023575500, 9801414246 

📩[email protected]

बडा दशैं २०८३ को अवसरमा लाईफ लाइन अस्पतालका स्वास्थ्य सेवाहरू उपलब्ध रहने

लाईफ लाइन अस्पताल (LLH), दमक–५, झापाले बडा दशैं २०८३ को पावन अवसरमा सम्पूर्ण सेवाग्राही तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। चाडपर्वको समयमा पनि बिरामीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले विभिन्न स्वास्थ्य सेवाहरू सञ्चालनमा रहने जानकारी गराएको छ।

दशैंको अवधिमा अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध रहनेछ। साथै, प्रयोगशाला सेवा, एक्स–रे सेवा, फार्मेसी सेवा तथा अन्तरंग सेवा पनि सञ्चालनमा रहनेछन्।

उपलब्ध सेवाहरू:

  • २४ सै घण्टा आकस्मिक सेवा

  • प्रयोगशाला तथा एक्स–रे सेवा

  • फार्मेसी सेवा

  • ओपीडी सेवा

  • डायलाइसिस सेवा

  • भिडियो एक्स–रे सेवा

  • ईसीजी तथा इकोकार्डियोग्राफी

  • सामाजिक सुरक्षा कोष सेवा

अस्पतालमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूबाट समेत सेवा उपलब्ध रहनेछ। विशेषज्ञ चिकित्सकको परामर्श लिनुअघि उपलब्धता र समयबारे अस्पताल प्रशासनमा सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ।

लाईफ लाइन अस्पतालले चाडपर्वको समयमा पनि सेवाग्राहीहरूलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

स्थान: भृकुटी चोक, दमक–५, झापा

📞 सम्पर्क: 9801414776 / 9801414276 

📩 [email protected]

Eye OPD in Damak-5 Jhapa, Eye Checkup

लाईफ-लाइन अस्पतालमा नियमित आँखा उपचार सेवा

लाईफ-लाइन अस्पताल (LLH), दमक–५, झापामा आँखा ओपीडी (Eye OPD) सेवा निरन्तर भइरहेको छ। यस सेवामार्फत आँखाको जाँच तथा परामर्श, आँखासम्बन्धी विभिन्न रोगहरूको उपचार, चश्माको नम्बर जाँच लगायत आवश्यकताअनुसार थप विशेष उपचार सेवा उपलब्ध गराइँदै आएको छ।

आँखाको स्वास्थ्यलाई सुरक्षित राख्न नियमित जाँच र समयमै उपचार महत्त्वपूर्ण हुन्छ। आँखामा समस्या देखिएमा वा दृष्टिसम्बन्धी कुनै असहजता महसुस भएमा विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ। साथै, चश्मा आवश्यक पर्ने सेवाग्राहीका लागि सुलभ मूल्यमा चश्मासमेत उपलब्ध छ।

सेवा समय: बिहान ८:०० बजेदेखि बेलुका ४:०० बजेसम्म (आइतबारदेखि शुक्रबारसम्म)

स्थान: भृकुटी चोक, दमक–५, झापा

थप जानकारी तथा सम्पर्कका लागि:

  • फोन: 9801414286, 9801414283

लाईफलाईन अस्पताल प्रा. लि. मा दरखास्त आह्वान

लाईफ लाइन अस्पताल प्रा. लि., दमक–५, झापाले Staff Nurse, BN/B.Sc., Attendant र Electrician पदहरूमा कर्मचारी माग गरेको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले आवश्यक शैक्षिक योग्यता र अनुभव पूरा गरी आफ्नो CV तथा सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्र (लागू हुने पदका लागि) अस्पताल प्रशासनमा बुझाउन सक्नुहुनेछ।

📞 सम्पर्क: 9801414286 / 9801414283

📩 इमेल: [email protected]

लाईफलाईन अस्पताल प्रा. लि.(college) मा दरखास्त आह्वान

लाइफलाइन अस्पताल प्रा. लि.(college), दमक–५, झापाले प्रशिक्षक पदहरूमा दरखास्त आह्वान गरेको छ। 

इच्छुक उम्मेदवारहरूले सम्बन्धित परिषद् (Council) बाट प्राप्त वैध दर्ता प्रमाणपत्र सहित आवश्यक कागजातहरू बुझाई आवेदन दिन सक्नुहुनेछ।

📞 सम्पर्क: 9801414776 / 9801414276 

📩 [email protected]

लाईफलाईन अस्पताल प्रा. लि. मा दरखास्त आह्वान

लाइलाईफ-लाईन अस्पताल प्रा. लि., दमक–५, झापाले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। 

इच्छुक उम्मेदवारहरूले सम्बन्धित परिषद् (Council) बाट प्राप्त वैध दर्ता प्रमाणपत्र सहित आवश्यक कागजातहरू बुझाई आवेदन दिन सक्नुहुनेछ।

📞 सम्पर्क: 9801414776 / 9801414276 

📩 [email protected]

नवप्रवर्तन र प्रविधिको उत्सव: ‘Innovation Exhibition 2083’ भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: २०८३/०२/२८, बिहिबार

लाईफ-लाईन अस्पताल प्रा.लि. कलेजमा अध्ययनरत प्रतिभाशाली विद्यार्थीहरूद्वारा आयोजित ‘Innovation Exhibition 2083’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता तथा चिकित्सा र प्रविधिप्रतिको नवप्रवर्तनात्मक सोचलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रमको उद्घाटन यस लाईफ-लाईन अस्पताल प्रा.लि.का अध्यक्ष श्री बालचन्द्र सुब्बा ज्यूको गरिमामय अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेज तथा अस्पतालका सञ्चालक समिति सदस्यहरू, वरिष्ठ चिकित्सकहरू, प्राध्यापकहरू, कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यस अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्न सहभागी हुनुभएका विद्यालयहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं:

  • मेची सेकेन्डरी बोर्डिङ स्कुल
  • इन्सपायर अंग्रेजी स्कुल
  • नेपाल जापान फ्रेन्डसिप स्कुल
  • नरेन्द्र मेमोरियल अंग्रेजी माध्यमिक विद्यालय

विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न नवप्रवर्तनात्मक परियोजनाहरूले चिकित्सा शिक्षा र आधुनिक प्रविधिको समन्वयलाई प्रभावकारी रूपमा उजागर गरेका थिए। यस्ता सिर्जनात्मक प्रयासहरूले भविष्यका दक्ष स्वास्थ्यकर्मी तथा अनुसन्धानकर्ताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

लाईफ-लाईन अस्पताल प्रा.लि. कलेज विद्यार्थीहरूमा अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्दै गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा निरन्तर अगाडि बढिरहेको छ।

सम्पूर्ण सहभागी विद्यार्थी, आयोजक टोली तथा सहयोगी सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई तथा धन्यवाद।

लाइफ-लाइन अस्पतालद्वारा डा. भिम बहादुर सुब्बालाई हार्दिक बधाई

लाइफ-लाइन अस्पताल प्रा. लि. सञ्चालक समिति तथा शिक्षालय व्यवस्थापन समितिका सदस्यडा. भिम बहादुर सुब्बा ज्युलाई लोकसेवा आयोग, कोशी प्रदेशको माननीय सदस्य पदमा नियुक्त हुनु भएकोमा लाइफ-लाइन अस्पताल परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

उहाँको लामो अनुभव, नेतृत्व क्षमता तथा समाजप्रतिको समर्पणले प्रदेशको सार्वजनिक सेवा प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यस महत्वपूर्ण जिम्मेवारीमा उहाँले उत्कृष्ट सफलता हासिल गर्नुहुनेछ भन्ने अपेक्षासहित आगामी कार्यकालको पूर्ण सफलताको कामना गर्दछौं।

लाइफलाइन अस्पताल प्रा. लि. मा दरखास्त आह्वान

लाइफलाइन अस्पताल प्रा. लि., दामक–५, झापाले योग्य तथा अनुभवी स्वास्थ्यकर्मीहरूबाट विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले सम्बन्धित परिषद् (Council) बाट प्राप्त वैध दर्ता प्रमाणपत्र सहित आवश्यक कागजातहरू बुझाई आवेदन दिन सक्नुहुनेछ।

खुला पदहरूमा B-Optom, Staff Nurse, ANM, AHW, HA तथा Marketing Officer समावेश छन्।

📞 सम्पर्क: 9801414776 / 9801414276 

📩 [email protected]

Vaccination Program Rescheduled

We would like to announce that the vaccination program has been rescheduled to a further date due to the occasion of elections.

लाइफलाइन अस्पताल प्रा. लि. मा विभिन्न पदहरूका लागि दरखास्त आह्वान

लाइफलाइन अस्पताल प्रा. लि., दामक–५, झापाले योग्य तथा अनुभवी स्वास्थ्यकर्मीहरूबाट विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले सम्बन्धित परिषद् (Council) बाट प्राप्त वैध दर्ता प्रमाणपत्र सहित आवश्यक कागजातहरू बुझाई आवेदन दिन सक्नुहुनेछ।

खुला पदहरूमा B-Optom, Staff Nurse, ANM, AHW, HA तथा Marketing Officer समावेश छन्।

📞 सम्पर्क: 9801414776 / 9801414276 

📩 [email protected]

Sports Week – Today’s Moments at Lifeline Hospital
लाइफलाइन अस्पताल – आजका खेलकुद क्षणहरू

Today’s Sports Week moments reflect our belief that physical activity and teamwork are essential for a healthy and balanced life.

आजका खेलकुद सप्ताहका क्षणहरूले स्वस्थ र सन्तुलित जीवनका लागि शारीरिक सक्रियता र सहकार्यको महत्वलाई दर्शाउँछन्।

लाइफलाइन अस्पतालको २५औँ वार्षिक साधारण सभा

Highlights from Lifeline Hospital’s 25th Annual General Assembly, reflecting on our journey, achievements, and continued commitment to quality healthcare for the community of Damak and surrounding areas.

लाइफलाइन अस्पतालको २५औँ वार्षिक साधारण सभाका प्रमुख झलकहरू। दमक तथा आसपासका समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो यात्रा, उपलब्धि र आगामी प्रतिबद्धतालाई यो भिडियोले प्रस्तुत गर्दछ।

Gratitude From Our Patients' Family

A warm and heartfelt testimonial. A patient’s family shares their heartfelt experience and appreciation for our care and services.

“We are deeply thankful to the Lifeline Hospital team for their support and care.”
— Patient’s Family

Add Your Heading Text Here